हेटौंडाः हेटौंडा–१ चौकीटोल स्थित तरकारी तथा फलफुलको थोक बजारमा तरकारीको मूल्य केही सस्तिएको छ । तरकारीको मौसम सुरु भएको, दसैं सकिएलगत्तै खपत कम भएकोले मूल्य सस्तिएको व्यवसायीको भनाइ छ ।
थोक बजारका व्यवसायी जगत बहादुर लामाकाअनुसार मंगलबार बिहान काउली प्रतिकेजी २५ देखि ३० रुपैयाँ, तने बोडी प्रतिकेजी २० रुपैयाँ, बन्दा प्रतिकेजी ३० देखि ३५ रुपैयाँ, भिन्डी प्रतिकेजी २० रुपैयाँ, काक्रो प्रतिकेजी १० रुपैयाँ, मुला प्रतिकेजी १५ रुपैयाँ, लोलक गोलभेँडा प्रतिकेजी ६० रुपैयाँमा बिक्री भइरहेको छ ।
फर्सी प्रतिकेजी २० रुपैयाँ, लौका प्रतिकेजी २५ रुपैयाँ, करेला प्रतिकेजी ५० रुपैयाँ, भान्टा र घिउ सिमी प्रतिकेजी २० रुपैयाँमा बिक्री भएको छ । हेटौँडाको थोक तरकारी बजारमा हाँडीखोला, हर्नामाडी, सिस्नेरी, मनहरी र भीमफेदी गाउँपालिकासँगै छिमेकी जल्ला चितवनबाट तरकारी आउने गरिएको व्यवसायी गोबिन्द दहालले बताउनुभयो ।