गुगल तस्विर ।

हेटौंडाः चितवनको भरतपुर महानगरपालिका–१६ कामनाटोलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय पवन मल्ल रहेको प्रहरीले जनाकारी दिएको छ ।

मल्ल आइतबार बिहान १० बजेको समयमा आफ्नै घरमा साउण्ड सिस्टम जोड्ने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लाग्दा गम्भीर घाईते भएका थिए । घाइते मल्ललाई उपचारका लागि भरतपुर सरकारी लगिएकोमा आइतबार बिहान १० बजेर १५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै भरतपुर महानगरपालिका–२९, कुसुमटारमा माछापोखरीमा डुबेर ५ वर्षीय बालकको मृत्यु भएको छ । आइतबार दिउँसो १ बजेको समयमा राजकुमार प्रजाको छोरा ५ वर्षीय छोरा सुजन प्रजा पोखरीमा डुबेर मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।