कैदीबन्दीलाई उपलब्ध गराएको खसी र खाद्यान्नको तस्वीर

हेटौंडाः वडा दसैंको अवसरमा कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न उपलब्ध गराएको छ । पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले २ वटा खसी, चिउरा र तेल हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरण कार्यक्रममा पालिकाका लेखा प्रमुख नवीन धिताल, रोजगार संयोजक अर्पण लामा, १० नम्बर वडाका पूर्व अध्यक्ष माणिकलाल मुक्तान लगायतको उपस्थिति थियो । अध्यक्ष मुक्तानसहितको टोलीले पालिकाका कारागारमा रहेका कैदीबन्दीसँग भेटघाट गरी शुभकाकना आदानप्रदान समेत गर्नुभएको थियो । कारागारमा एक हजार ३८ पुरुष, ३७ महिला कैदीबन्दी र २ जना आश्रित नाबालक रहेका छन् । कारागारमा २ वटा पुरुष ब्लक र १ वटा महिला ब्लक रहेको छ ।