हेटौंडा–४, पारिजातपथस्थित कृषक कृषि सहकारी संस्था लिमिटेडमा मल लिन लाइन लागेका किसानहरु ।

हेटौंडाः सरकारले सहुलियत अनुदानमा उपलब्ध गराएको युरिया मल हेटौंडा बजार क्षेत्रका सहकारीले एकीकृत रुपमा वितरण गरिरहेका छन् । मागको तुलना न्यून कोटा मात्रै मल उपलब्ध भएपछि एकीकृत रुपमा मल वितरण गरिएको व्यवसायीको भनाइ छ ।

अहिले हेटौंडा–४, पारिजातपथस्थित कृषक कृषि सहकारी संस्था लिमिटेडमार्फत मल वितरण भइरहेको छ । मलका लागि सयौं किसान लाइन बसेका छन् । वर्षा भइरहेका बेला कृषकहरु पानीमा रुझेर लाइनमा छन् । आजका लागि सहकारीले दुई हजार छ सय ५० केजी मल वितरण गरिने सहकारीका व्यवस्थापक दुर्गा प्रसाद चौलागाईले जानकारी दिनुभयो । सहकारीले प्रतिव्यक्ति १५ केजीका दरले मल वितरण गरिरहेको छ ।

किसानको भीडका कारण मल वितरणका लागि वडा प्रहरी कार्यालयबाट प्रहरी समेत परिचालन गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत प्राप्त मल वितरण गरिएको हो ।