हेटौंडाः २४ घण्टाको अवधिमा मकवानपुरमा ६ जनामा डेंगु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार २० घण्टाको अवधिमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
पुष्टि भएका ६ जनामध्ये २ जना हेटौंडा उपमहानगरपालिकाका बासिन्दा रहेका छन् । यस्तै, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र भीमफेदी गाउँपालिकाका १–१ जनामा डेंगु पुष्टि भएको छ । साउन महिनादेखि हालसम्म ५ सय ८२ जनामा डेंगु पुष्टि भएको छ । जसमध्ये सबैभन्दा बढी ३ सय ९९ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।
