Home मुख्य समाचार एकैदिन ३ जनाको मृत्यु

एकैदिन ३ जनाको मृत्यु

गुगल तस्विर ।

हेटौँडाः बागमती प्रदेशका विभिन्न जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रेपलाञ्चोक, दोलखा र चितवनमा ३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

आइतबार काभ्रेमा भारतको पूर्व मोदिनीपुर पाँचकुडा घर भई हाल धुलिखेलको सुन पसलमा काम गर्ने ४० वर्षीय विमल सामन्तको मृत्यु भएको छ । विमललाई एक्कासी सास फेर्न गाह्रो भई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । दोलखाको तामाकोशी गाउँपालिका–४, सितलीमा एक शव फेला परेको छ । शव तामाकोशीकै ९१ वार्षीय महेश्वर रिमालको रहेको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–५, कल्याणपुरमा पनि एकजना पुरुषको शव फेला परेको छ । तनहुँ घर भई हाल डेरा गरी बस्दै आएका ५० वर्षीय अनुप पौडेलको शव फेला परेको प्रहरीले जनाएको छ । पौडेलले पवन श्रेष्ठको बारीमा झार मार्ने विषादी छरिरहेको र केहि समयपश्चात् जग्गाधनी गई हेर्दा मृत अवस्थामा फेला परेका थिए ।

Exit mobile version