हराएको ७० हजार रुपैयाँ प्रहरीले खोजेर फिर्ता गर्यो समृद्ध समाज संवाददाता - October 9, 2023 थपलियालाई पैसाहितको व्याग फिर्ता गर्दै प्रहरी । हेटौँडाः सोमबार बिहान ११ बजेको समयमा हेटौँडा बजारमा ७० हजार रुपैयाँसहित हराएको व्याग खोजी गरेर प्रहरीले सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ । प्रहरीले हेटौँडा–८, कमानेका ६० बर्षीय माधव प्रसाद थपलियाको हराएको पैसा खोजी गरेर फिर्ता गरिदिएको हो ।