नेल्टा बागमती प्रदेशको नयाँ समिति गठनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः नेपाल इंग्लिस ल्याङ्वेज टिचर्स एसोसिएसन (नेल्टा) बागमती प्रदेशको अध्यक्षमा रामेश्वर ठाकुर चयन हुनुभएको छ । शनिबार हेटौँडामा भएको दोश्रो प्रदेश अधिवेशनबाट ठाकुरको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चयन भएको हो ।

नेल्टा बागमती प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा किशोर पराजुली, उपाध्यक्षमा यूवराज सुवेदी, महासचिवमा संगम चौलागाई, सचिवमा वीरबल लामा र श्रृजना पौडेल, कोषाध्यक्षमा बेगबहादुर थापा चयन हुनुभएको छ । सदस्यमा गणेशबहादुर थापा, शान्ति अधिकारी, नानिबाबु घिमिरे, उत्तम अर्याल, दीपक सिटौला, श्रीकृष्ण कँडेल र दीपक खड्का चयन हुनुभएको छ ।

नेल्टा बागमती प्रदेश समितिका निवर्तमान अध्यक्ष गणेशप्रसाद हुमागाईको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान र नेल्टाका केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवानको पनि आतिथ्य रहेको थियो । अधिवेशनसँगै नेल्टाका केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवान, कोषाध्यक्ष अशोक सापकोटा, अमेरिकी दूतावासका प्रतिनिधि रोजर एफ कोहेन र विश्व गौतमले अंग्रेजी भाषा शिक्षण सिकाईसँग सम्बन्धित प्रस्तुतीकरण राख्नुभएको थियो ।