हेटौँडाः मकवानपुर ग्यास व्यवसायी संघको अध्यक्षमा केशवप्रसाद मुडभरी चयन हुनु भएको छ । शनिबार हेटौँडामा सम्पन्न ११औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले मुडभरीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा नवीन लामा, सचिवमा मदन कुमार न्यौपाने, कोषाध्यक्षमा कृष्ण बहादुर ढुंगाना, सहसचिवमा मधुसूदन ढकाल चयन हुनु भएको छ । यस्तै सदस्यमा रमेश बहादुर कँडेल, रूपक बस्ताकोटी, कृष्ण मोक्तान, सञ्जय रौनियार, गोपाल श्रेठ, सुदर्शन सुवेदी, राधाकृष्ण पराजुली, उत्तम पण्डित, अजय दंगाल र जीत बहादुर सारु मगर चयन हुनुभएको छ ।

यसअघि संघका निवर्तमान अध्यक्ष दिलिश गोविन्द जोशीको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा पाँचजना अग्रज व्यवसायीलाई सम्मान समेत गरिएको थियो ।