हेटौँडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले आयोजना गरेको जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगितामा हेटौंडा–८ कमानेस्थित कमाने एकेडेमीका निशान भट्टराई प्रथम भएका छन् । ६८ औं प्रहरी दिवस २०८० को अवसरमा शनिबार भएको प्रतियोगितामा कक्षा ८ देखि १० कक्षासम्मका विद्यार्थीको सहभागिता रहेको थियो ।
“समुदायमा प्रहरीको भूमिका” विषयक निबन्ध प्रतियोगितामा हेटौँडा–५, पिप्लेस्थित ज्ञानोदय बालबाटिकाकी सलिना धिताल द्वितीय र हेटौँडा–११ स्थित हेटौंडा एकेडेमीका गौतम कुसवाह तृतीय भएका छन् । निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई असोज ३० गते मंगलबारका दिन पुरस्कार प्रदान गरिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।