नेपाल शिक्षक महासंघ हेटौँडा उपमहानगर समितिले पठनपाठन हुने विषयमा जारी गरेको सूचना ।

हेटौंडाः असोज पहिलो साता शिक्षकको आन्दोलनका कारण विद्यालय बन्द भएको बेलाको क्षतिपूर्ति गर्ने गरी हेटौँडा नगरभित्रका सामुदायिक विद्यालयमा असोज २८ र २९ गते दुइदिन पठनपाठन हुने भएको छ । शिक्षक आन्दोलनका कारण असोज ४ र ५ गते दुईदिन पठनपाठन प्रभावित भएको थियो ।

शिक्षक महासंघले मंगलबार हेटौँडामा प्रधानाध्यापकको भेला गरेर आन्दोलनको समयमा भएको क्षतिलाई पूर्ति गर्ने गरी घटस्थापना र त्यसको भोलिपल्ट दुईदिन विद्यालय सुचारु राख्ने निर्णय गरेको हो । शिक्षक महासंघ हेटौँडा उपमहानगर समितिका अध्यक्ष दीपक अधिकारीले मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक जारी गर्नुहुँदै आन्दोलनको क्रममा सरकार र नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति बीचमा भएको सम्पूर्ण सहमतिहरु बन्दै गरेको शिक्षा ऐनमा व्यवस्था गर्न समेत माग गर्नुभएको छ ।