हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष युवराज लामाले पाउनुभएको छ । संघका अध्यक्ष टीकाराम लामाले एक पत्र जारी गर्दै केही समयका लागि उपाध्यक्ष लामालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिनुभएको हो ।

अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा नेपालका खेलाडीहरुको प्रतिनिधित्व गर्दै अध्यक्ष लामा मंगोलिया जान लागेकाले उपाध्यक्ष लामालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको फुटबल संघका महासचिव छवि सुवेदीले जानकारी दिनुभयो । अध्यक्ष लामा अन्तर्राष्ट्रिय फुटसल संयोजक तथा एन्फाको केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । प्रतियोगिता अवधिभरका लागि सम्पूर्ण जिम्मेवारी उपाध्यक्ष लामालाई दिनुभएको महासचिव सुवेदीले जानकारी दिनुभयो ।