तस्बीरः गुगल ।

हेटौंडाः हेटौंडा–७, नागस्वतीस्थित नवज्योति खेलमैदानमा आज मंगलबारदेखि दोस्रो नागस्वती भेट्रान्स राष्ट्रपति रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु हुने भएको छ । बिहान ७ बजेदेखि सुरु हुने प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहेको छ ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख १ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा १६ लाख खर्च हुने अनुमान गरिएको छ । फाइनल खेल असोज २० गते ३ बजे हुनेछ ।