हेटौंडाः कान्तिलोकपथअन्तर्गत हेटौंडा–६, चौघडामा ट्रकको ठक्करबाट अनटेस्ट स्कुटीका चालकको मृत्यु भएको छ । आज मंगलबार साँझ सवा ४ बजेको समयमा बा २ क ७११० नम्बरको ट्रकसँग अनटेस्ट स्कुटी ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटी चालक हेटौंडा–६, चौघडाका श्यामफूल बलामीलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । ४८ वर्षीय बलामीलाई अस्पतालमा मृत घोषित गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । प्रहरीले ट्रकका चालक र ट्रकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।