सांकेतिक तस्वीर ।

हेटौँडाः पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौँडा–१५, रातोमाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले अवैध रक्सीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बस्ने २६ वर्षीय राजेश कसयब र २५ वर्षीय राहुल कुमार रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शुक्रबार राति ११ बजेर ३५ मिनेटको समयमा प्रहरीले नबलपरासीको बोडर हुँदै नेपाल आई बारा तर्फ जाँदै गरेको डि एल २ सि ए के १३९० नम्बरको ईन्डियन कार सुरक्षा जाँच गर्दा कारको पछाडिको डिक्कीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा अवैध रक्सी फेला बरामद गरेको थियो । कारबाट प्रहरीले रोयल ग्रिन नामक रक्सि नामक सिल प्याक रक्सी ३ सय ७५ एमएलको ३ सय ९० पिस र १ सय ८० एमएलको ५६ पिस फेला पारेको थियो । अवैध रक्सीसहित २ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।