कार्यक्रमको क्रममा खिचिएको तस्वीर ।

हेटौंडाः हेटौंडा–२ स्थित नमुना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिडेटको २३ औं साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष मिठाराम दाहालको सभाध्यक्ष तथा बागमती प्रदेश सरकारका प्रथम मुख्यमन्त्री एवम् संस्थाका सल्लाहकार डोरमणि पौडेलको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

संस्थामा हाल २ हजार ६ सय २ जना शेयर सदस्य रहेको र २ करोड ८२ लाख ५१ हजार ८ सय रुपैयाँ शेयर पुँजी छ । यस्तै, बचत रकम २८ करोड ६६ लाख २७ हजार ७ सय ३१ रुपैयाँ, कर्जा लगानी २९ करोड ६९ लाख ४६ हजार ५ स य ४२ रुपैयाँ र कुल सम्पत्ति ३७ करोड १८ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

साधारणसभाको अवसरमा संस्थाले जेष्ठ सदस्यतर्फ हीरादेवी दाहाल र पुरुषतर्फ शेरबहादुर मिजार, उत्कृष्ट मासिक बचतकर्तामा महिलातर्फ विष्णुमाया लो र पुरुषतर्फ दीपक दयाली, उत्कृष्ट ऋणीमा महिलातर्फ उर्मिला बरुवाल र पुरुषतर्फ चुडामणि पराजुलीलाई सम्मान गरिएको छ । यस्तै, उत्कृष्ट व्यवसायीको रुपमा भोजराज पराजुली, उत्कृष्ट आवधिक बचतकर्ताको रुपमा चर्तुभुज अधिकारी, उत्कृष्ट सक्रिय सदस्यको रुपमा टोमप्रसाद तिमल्सिना, बाल बचतकर्ताको रुपमा सुयन्सा धिताल र उत्कृष्ट कर्मचारीको रुपमा रुपमा चौलागाईलाई सम्मान गरिएको छ ।

साधारणसभामा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा र हेटौंडा उपमहानगरपालिकाको सहकारी विकास शाखाका अध्यक्ष हिमप्रसाद पौडेललगायतको आतिथ्य रहेको थियो ।