हेटौंडाः हेटौंडाको राज मोटर्स प्राइभेट लिमिटेडमा बिहीबार यामाहाको एफजेडएस भीथ्री स्कुटरको नयाँ डिलक्स संस्करण सार्वजनिक भएको छ । मोटरसाइकल मेटालिक ग्रे र नेभी ब्लु रङमा उपलब्ध भएको राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले जानकारी दिनुभयो ।
नयाँ ब्यामलाइट डिजाइनले मोटरसाइकलको सौन्दर्य बढेको हो । फ्युल इन्जेक्सन १ सय ४९ सीसीसहितको यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित एफजेडएस एफआइ भर्जन ३.० मा दुई भल्भ, एकल सिलिन्डर इन्धन इन्जेक्टेड इन्जिन माउन्ट गरिएको छ । यो मोटरसाइकलमा डुअल डिक्स ब्रेक र अगाडि एकल च्यानल एबीएसले सुसज्जित छ ।
एफजेडएस भीथ्री धेरैको मनमा बसेको मोडल रहेको एफएडब्लु इन्टरप्रइजेजका सेल्स म्यानेजर मणिभूषण चौधरीले बताउनुभयो । यामाहाले नेपाली बजारमा २००७ सालदेखि नै आफ्नो बिरासत बनाएको उहाँको भनाइ छ ।