कलस यात्रा गरिदैको तस्वीर ।

हेटौँडा–८, कमानेस्थित एकादशी राधाकृष्ण मन्दिरमा श्रीमद् भागवत ज्ञान महायज्ञ शुरु भएको छ । शुक्रबार बिहान हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको उपस्थितिमा कमाने परिसरमा कलश यात्रा गरी श्रीमद्भागवत महापुराण सुरु भएको हो ।

आजदेखि सुरु भएको महापुराण असोज ५ गतेसम्म संचालन हुनेछ । महायज्ञमा मुख्य कर्मको रुपमा आर्थिक संकट मोचन ग्रहशान्तिको कार्यक्रम रहेको छ । महायज्ञमा राधिाका दासीले कथावाचन गर्नुहुनेछ । महायज्ञबाट ५० लाख रुपैयाँ सहयोग संकलन हुने अपेक्षा गरेको र मन्दिरको स्तरोन्नति गरिने आयोजक समितिले जनाएको छ । महायज्ञमा हरेक दिन बिहान ११ बजेदेखि ३ बजेसम्म कथावाचन गरिनुका साथै आरती, मण्डप, पुजा तथा ग्रहशान्ति गरिने जनाइएको छ ।