हेटौंडाः नेपाल विजुली, प्लम्बर, तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल हेटौंडा उपमहानगर कमिटीको नवौँ अधिवेशनले खड्क बहादुर गोलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
बुधबार हेटौँडामा भएको अधिवेशनले गोलेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा सकल्दे मण्डल, सचिवमा पूर्ण बहादुर बराल, सह–सचिवममा वीरबहादुर राई, कोषाध्यक्षमा विजय घिसिङ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा सन्दीप घलान, सुशीला गिरी, शुक्र बहादुर थिङ, प्रकाश राई, पवित्रा नेपाल, हिरामाया मोक्तान, हविव मियाँ र जयबहादुर वाईबा रहनुभएको छ । नवनिर्वाचित समितिको कार्यकाल २ वर्षको हुनेछ ।