हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित खोप केन्द्रमा खोप लगाइँदै ।

हेटौंडाः मकवानपुरको उत्तरीक्षेत्र ईन्द्रसरोवर गाउँपालिकामा खोप कार्यक्रम सुरु भएको छ । बिहिबारबाट खोप कार्यक्रम सुरु भएको हो । आज शुक्रबार ईन्द्रसरोवर गाउँपालिकाका ७ वडाहरुमा खोप कार्यक्रम सञ्चालन भएको गाउँपालिकाका स्वास्थ्य प्रमुख मन्नुनाथ अधिकारीले जानकारी दिनुभयो ।

ईन्द्रसरोवर गाउँपालिकाको ५ वटा स्वास्थ्यचौकी अन्तर्गतका खोपकेन्द्रबाट कार्यक्रम सञ्चालन भएको हो । कुलेखानी स्वास्थ्यचौकीअन्तर्गत ९ वटा खोपकेन्द्र, फाखेल स्वास्थ्यचौकीअन्तर्गत ३ वटा खोपकेन्द्र, चन्द्रगढी स्वास्थ्यचौकीअन्तर्गत २ वटा खोपकेन्द्र, मार्खु स्वास्थ्यचौकी अन्तर्गत ९ वटा खोपकेन्द्र, सिस्नेरी स्वास्थ्यचौकीअन्तर्गत ५ वटा खोपकेन्द्र रहेको स्वास्थ्य प्रमुख मन्नुनाथ अधिकारीले जानकारी दिनुभयो । ईन्द्रसरोवरमा दादुरा÷रुवेला खोप कार्यक्रम जेठ २३ गतेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो ।