हेटौंडाः हेटौंडा–४, कर्रामा रहेको आइसोलेसनबाट स्वाब संकलन गरिएका ३८ जनाको कोरोनाको रिपोर्ट आउन बाँकि रहेको छ । जेठ १० गते संकलन भएको ४ जनाको रिपोर्टसँगै त्यसपछि आइसोलेसनमा भर्ना भएर बसेका र अन्यको रिपोर्ट आउन बाँकि रहेको आइसोलेसन वार्डका संयोजक भोला चौलागाईले जानकारी दिनुभयो ।


आज आइसोलेसनमा ५ जना थपिएका छन् । आज शुक्रबार ५ जना नयाँ भर्ना भएसँगै ३७ जना आइसोलेसनमा छन् । नयाँ भर्ना भएका ५ जनाकै स्वाबको नमूना भने संकलन नभएको वार्ड संयोजक भोला चौलागाईले बताउनुभयो । ३० बेडको आइसोलेसनमा हिजोसम्म ५६ जना बसेका थिए । हिजो २५ जनाको रिपोर्ट नेगिटेभ आएपछि २४ जना डिस्चार्ज भएका छन् भने १ जनालाई पुनः आइसोलनमै राखिएको छ ।

कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपनि संक्रमितसँगै बसेका कारण ती व्यक्तिलाई पुनः आइसोलेसनमा राखिएको हो । १ हप्तापछि पुनः उनको स्वाब संकलन गरेर परिक्षण गर्न प्रयोगशाला पठाइने वार्ड संयोजक चौलागाईले बताउनुभयो ।