हेटौँडाः हेटौँडा–२, चौकिटोलस्थित ॐ वृद्धाश्रमको १७ औँ वार्षिक साधारणसभा बिहिबार सम्पन्न भएको छ । आश्रममा १० वृद्धा र १५ वृद्ध गरी २५ जना वृद्धवृद्धा आश्रित छन् ।
आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका सचिव भीष्म कुमार भुसालको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । साधारणसभाको उद्घाटन सत्रमा वडा अध्यक्ष, विष्णुगोपाल महर्जन, हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका अधिकृत भैरव बहादुर कुमाल, ज्येष्ठ नागरिक मञ्च मकवानपुरका अध्यक्ष हरि सिग्देल, आश्रमका पूर्वअध्यक्ष बुद्धिप्रसाद पौडेल, मामाघर नेपालका संरक्षक अर्पण पराजुलीको पनि आतिथ्य रहेको थियो । साधारणसभामा कोषाध्यक्ष र सचिवको प्रतिवेदन सर्वसम्मत अनुमोदन भएको थियो भने आश्रमलाई सहयोग गर्नेलाई सम्मानपत्र प्रदान गरिएको थियो ।