हेटौंडाः हेटौंडा–२ स्थित नमुना प्रगती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाको २६ औं स्थापना दिवस हेटौंडा–११ स्थित मामाघर नेपाललाई नगद सहयोग गरी मनाएको छ । बुधबार मामाघर नेपाललाई ११ हजार १ सय ११ रुपैयाँ नगद सहयोग गरेर संस्थाले आफ्नो स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा व्यवस्थापक बद्री भण्डारीले संस्थाको प्रगती विवरण प्रस्तुत गर्नुभयो । संस्थाको अहिले ३७ करोेड सम्पत्ति रहेको उहाँले बताउनुभयो । २ हजार ६ सय २ जना शेयर सदस्य रहेको संस्थाको अहिले २ करोड ८७ लाख शेयर पुँजी रहेको उहाँले बताउनुभयो । यस्तै २९ करोडभन्दा बढी ऋण लगानी र २८ करोडभन्दा बढी बचत रहेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा संस्थाले १ करोड ३१ लाख नाफा कमाउन सफल भएको उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष मिठाराम दाहालको सभाध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुरका जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ र राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका प्रवन्धक रामेश्वर अर्यालय लगायतको उपस्थिति रहेको थियो ।