हेटौँडाः हेटौँडा—१६ स्थित जनप्रिय माध्यमिक विद्यालय युवा रेडक्रसले वृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । मकवानपुर जिल्लामा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
शुक्रबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् । शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकहरुले रक्तदान गरिएको जनप्रिय माध्यमिक विद्यालयका शिक्षक सुनिल गौतमले बताउनुभयो ।