
हेटौँडाः निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन जिल्ला कार्य समिती मकवानपुरले संस्थागत विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा(एसईई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ । बिहीबार हेटौँडामा एक कार्यक्रम आयोजना गर्दै एसईई—२०७९ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मानित गरिएको हो । ३ दशमल ६ जीपीएदेखि ४ जीपीए ल्याउने एक सय ७१ जना विद्यार्थीलाई मायाको चिनोसहित सम्मान पत्र र पुस्तकले सम्मानित गरिएको छ ।
निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन जिल्ला कार्य समिती मकवानपुरका अध्यक्ष विनोद सुवेदीको सभाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । मेयर लामाले मन्तव्य राख्नुहुँदै आफ्नो क्षमताको आधारमा विषय छनौट गर्न आग्रह गर्नुभयो ।