हेटौंडाः एमाले निकट अखिल नेपाल किसान महासंघ जिल्ला कमिटी मकवानपुर धर्ना उत्रिएको छ । शुक्रबार दिउँसो हेटौंडा–१०, बुद्धचोकमा किसानको लागि विभिन्न माग राख्दै धर्ना बसेका हुन ।
महासंघको ब्यानर तथा झन्डा बोकि धर्नामा बसेका थिए । संघले पशु वस्तुमा फैलिरहेको लम्पी स्किन रोगको माहामारीले विकरालता रुप लिएकोले औषधी उपचार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्, बिमा कम्पनीहरुले बिमा भुक्तानी र नवीकरण गरिरहेका छैनन्, व्यवस्था गर, रासायनिक मलको समयमा नै व्यवस्था गर्, प्राकृतिक बिपक्तीबाट पीडित किसानलाई तुरुन्तै राहतको व्यवस्था गर, प्रदेश र स्थानीय तहले दिदै आएको दुधको प्रतिलिटर अनुदान स्थानीय तहले कटौती गरेकोले नियमावली कार्यविधि बनाई तुरुन्त अनुदान प्रदान गर्, किसानलाई सहुलियत ब्याजदरमा कृषि कर्जाको व्यवस्था गर्, कर्जा भुक्तानी र ब्याजमा ग्रेस अवधी लागू गर्, किसानको सूचीकरण सहित किसान कार्डको व्यवस्था गर् र कालिमाटी तरकारी तथा फलफूल बजारको स्टलहरु खुल्ला प्रतिस्पर्धामा दिने व्यवस्था गर् जस्ता माग राखेका छन् ।
धर्ना कार्यक्रम किसान महासंघ मकवानपुरका जिल्ला अध्यक्ष विष्णु दंगालको नेतृत्वमा भएको हो । धर्नामा उपाध्यक्ष विष्णुमणि अधिकारी, सचीव शालिकराम पाण्डे, किसान महासंघका पदाधिकारीहरु, कृषकहरुको उपस्थिति रहेको थियो । माग सम्बोधन नभएमा किसान हरेक स्थानमा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका थिए ।