Home मुख्य समाचार संस्थागत विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी सम्मानित

संस्थागत विद्यालयबाट एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गर्नुहुँदै हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामा ।

हेटौँडाः निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन जिल्ला कार्य समिती मकवानपुरले संस्थागत विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा(एसईई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरिएको छ । बिहीबार हेटौँडामा एक कार्यक्रम आयोजना गर्दै एसईई—२०७९ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मानित गरिएको हो । ३ दशमल ६ जीपीएदेखि ४ जीपीए ल्याउने एक सय ७१ जना विद्यार्थीलाई मायाको चिनोसहित सम्मान पत्र र पुस्तकले सम्मानित गरिएको छ ।

निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन जिल्ला कार्य समिती मकवानपुरका अध्यक्ष विनोद सुवेदीको सभाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । मेयर लामाले मन्तव्य राख्नुहुँदै आफ्नो क्षमताको आधारमा विषय छनौट गर्न आग्रह गर्नुभयो ।

Exit mobile version