हेटौंडाः हेटौंडामा जारी प्रथम समाज कल्याण कप फुटबल प्रतियोगिताको फाइनल खेल आज शुक्रबार हुँदैछ । समाज कल्याण कपको उपाधिका लागि आयोजक टिम समाज कल्याण ‘ए’ र सगरमाथा युथ क्लब भिड्दैछन् । फाइनल खेल हेटौंडा–१४, मयूरधापस्थित कालापानी खेल मैदानमा हुनेछ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सगरमाथा युथ क्लबले नागस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । दोस्रो सेमिफाइनल खेलमा समाज कल्याण ‘ए’ले चुरेकालिका युथ क्लबलाई सडेन डेथमा २–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ र उपविजेता टिमले १५ हजार रुपैयाँ नगदसँगै शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा १६ टिमको सहभागिता थियो ।