हेटौंडाः हेटौँडा अस्पतालमा असार महिनामा १३ जना किशोरी आमा बनेका छन् । हेटौँडा अस्पतालमा असार महिनामा २० वर्षभन्दा कम उमेरका १३ जना किशोरी आमा बनेका अस्पतालका सूचना अधिकारी राजीव झाले जानकारी दिनुभयो ।
हेटौँडा अस्पतालमा असार महिनामा ३ सय ४१ गर्भवती सुत्केरी भएका छन् । २ सय १६ जना सामान्य अवस्थामा सुत्केरी थिए भने १ सय ४ जनाको शल्यक्रिया गरेर बच्चा निकाल्नु परेको थियो । यस्तै, जटिल अवस्थाका ८ जना गर्भवतीले पनि प्रसुती सेवा लिएका छन् ।