एउटा भिक्षु जसले आफ्नो फरारी बेचे नामक पुस्तकका लेखक रविन शर्मा हुन् । यस पुस्तकमा अमेरिकाको कानुनविद् जुलियन मेन्टलको जीवनको कथालाई देखाइएको छ ।

कथा यसरी सुरु हुन्छ,
ऊ धेरै धनी थियो । बस्नका लागि ठूलो घर, व्यक्तिगत हवाई जहाज, फरारी कार थियो तर पन ऊ खुसी थिएन । दिनमा ऊ १८ घण्टा काम गर्थे त्यसैले ५० वर्षको उमेरमा ऊ ७० वर्षको जस्तो देखिन थाले । एकदिन उसको श्रीमतीले धेरै व्यस्त जीवनको कारण सम्बन्धविच्छेद गरे । एकदिन अदालतमा हृदयघातका कारणले काम गर्दा गर्दै ऊ लड्यो । उसलाई आइसियूमा राखियो र समयमै उपचार भएकाले ऊ बाँच्न सफल भयो तर डाक्टरले उसलाई जीवन तनावपूर्ण काममा एक छान्नका लागि सुझाव दिए । उसले जीवनमा धेरैको मुद्दा लडे र जीत दिलाउन सफल भए तर जब आफ्नो जीवनको मुद्दा आयो उसले हारे । विस्तारै उसलाई गल्तीको महसुस भयो, एक विहान उसले ठूलो निर्णय लियो ।

उसले आफ्नो ठूलो घर, प्राइभेट जेट व्यक्तिगत हवाई र रातो फरारी कार बेचिदिए । सबै भौतिक सम्पत्ति बेचेपछि आफ्नो जीवनको उद्देश्य खोज्न र शिभाना भन्ने गाउँमा पुगे । त्यस गाउँ उच्च हिमाली भागमा पथ्र्यो । शिभानामा एकदम शान्त वातावरण जहाँ धुलो धुवाँरहित हरियाली वातावरण थियो । त्यहाँ उसको भेट योगी रमणसँग हुन्छ । योगी रमणको उमेर १०० वर्षको हुन्छ तर उसलाई एक युवा जस्तो देखिन्थ्यो । लाग्थ्यो कि ऊसँग जादु थियो । जुलियन मेन्टलको सम्पूर्ण र जीवनको उद्देश्यको ज्ञान लिन मन गरेको भएर उहाँले ७ वटा जीवनको सिद्धान्तको बारेमा भन्नुभयो ।

योगी रमणले उसलाई ७ सिद्धान्त एउटा कथाको माध्यमबाट भन्न सुरु गर्नुभयो । जुलियन एकछिन सोच तिमी समुन्द्रको नजिक एउटा बगैँचामा छाँै । बगैँचा एकदम सुन्दर छ । तिमीले एउटा लाइट हाउस देख्यो । अचानक त्यो लाइट हाउसबाट एउटा मोटो डोरीले बाँधिएको लङ्गोर लगाएको छ । सुमो रेष्टरले एउटा घडी भेट्छ जुन धेरै वर्ष अगाडि कसैले हराएको हुन सक्छ । जब सुमो रेष्टरले घडी उठाउन खोज्छ, ऊ लड्छ र बेहोस हुन्छ । केही समयपछि बगैँचाको फूलको बास्नाले ऊ उठ्छ । आफ्नो वरिपरि हेर्छ र झाडीमा सानो सानो हीराको टुक्रा देख्छ र बाटो देख्छ । ऊ गायव हुन्छ । यो कथा सुन्दा जुलियनले केही बुझ्दैन र कस्तो मजाक गर्नुभएको भन्छ । यो कथामा केही कुरा बुझेन भन्छ (योगी रमणले) यदि सुमो रेष्टरको कथालाई जीवनमा आवश्यक सिद्धान्तका बारेमा बुझाउन खोज्छ । यो कथाले जीवनको सबे प्रश्नको उत्तर दिन्छ भनेर सम्झाउँछ । अब योगीले जुलियनलाई ७ ओटा सिद्धान्तको बारेमा बताउन सुरु गर्छ ।

१) सकारात्मक सोचः कथामा भनिएको सफा बगैँचाले तपार्इंको दिमागलाई दर्शाउँछ । यसरी सुमो रेष्टरले बगैँचाको फुलको सुगन्धले उठ्छ , त्यसरी नै तपार्इंको सकारात्मक सोच, विचारले तपाईंको भविष्य उज्ज्वल बनाउँछ । गलत सोच, विचार र कार्यले हामीलाई सुकर्म हैन, कुकर्मतिर धकेल्छ । त्यसैले सकारात्मक सोच र राम्रो विचार राख्नुपर्छ र हाम्रो दिमागलाई एउटा सुन्दर बगैँचा जस्तो बनाउनुपर्छ ।

२) जीवनको उद्देश्यः जसरी अँध्यारोमा लाइटहाउस बिना समुन्द्रको जहाज दुर्घटना हुन सक्छ भनेझैँ हाम्रो जीवनमा उद्देश्य हुन जरुरी छ । हाम्रो जीवनमा दुई दिन महत्वपूर्ण हुन्छ । एउटा जन्मिएको दिन र अर्को दिन जन्मिएको, के कार्यको÷उद्देश्यका लागि जन्मिएको भनेर आफैँलाई प्रश्न सोधेको दिन । जीवनमा उद्देश्य बोकेर अगाडि बढ्नुपर्छ र लक्ष्य प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्छ ।

३) काइजन सुधारः सानो–सानो कुरामा सकारात्मक परिवर्तन जसरी कथामा सुमो रेष्टरले आफ्नो तौल सन्तुलन राख्न नियमित कसरत र खानेकुराहरुमा विशेष ध्यान दिनुपर्छ त्यसैगरी हामीले पनि सानो सानो कुरामा सकारात्मक परिवर्तन ल्याउनुपर्छ । गाडीमा पेट्रोल सकिन लागेको अवस्थामा पनि हामीसँग पेट्रोल हाल्ने समय हुँदैन । यो गलत हो । हामी सानो कुरा सम्झिएर सानो सानो कार्यबाट टाढा भाग्छाँै । जसले हामीलाई जीवनको सफलताबाट टाढा धकेल्छ । आफ्नो समय निकालेर भौतिक र मानसिक अवस्थामा सुधार ल्याउनुपर्छ र किताब पढ्ने बानीको विकास गर्नुपर्छ ।

४) आत्म नियन्त्रण अनुशासनः योगी रमण फेरि भन्न सुरु गर्नुहुन्छ जसरी सुमो रेस्टरले लगाएको लैगोट एउटा डोरीमा सुकाएको हुन्छ, त्यो डोरी सानो सानो धागोले बनेको हुन्छ र डोरी बलियो बन्न पुगछ । यसैगरी कुनै कार्य गर्दा आफुलाई नियन्त्रण र अनुशासित भई गरेमा कार्य सफल हुन्छ । बिहान चाँडो उठ्ने, प्राकृतिक खानेकुरा खाने र सधँै लिफ्ट नचढी भ¥याङ्बाट पनि हिँड्न सकिन्छ । यो सानो कुराले के हुन्छ भनेर हामीले सोच्न सक्छौँ तर यो सानो कुरा अनुशासनले लामो समयसम्म जीवनलाई सुधार्छ । हामीले बुझ्नुपर्छ अनुशासन एउटा डोरी हो जसले साहसको सानो सानो धागाले बनेको हुन्छ ।

५) समयको महत्व÷वर्तमानमा गरिने कामः यो प्रसङ्ग सुनको घडीमा जोडिएको छ । दुबइमा बस्ने, नेपालमा बस्ने र अमेरिकामा बस्ने सबै मानिससँग दिनमा २४ घण्टा नै हुन्छ । यदि तपाईले तपाईसँग धेरै समय छ भनेर सोच्नु भयो भने एकदिन तपाईसँग भएको क्षमता गर्न सक्ने उर्जा सकिन्छ । त्यसैले तपाईसँग मात्र आजको समय यसरी आजको दिनमा बाँच्न सिक्नुपर्छ । कामलाई छोड्दै जानु हुँदैन । आफ्नो प्राथमिकतालाई जोड दिनुहोस् र काम गर्दै जानुहोस् ।
६) दयाको भाव÷मद्दतः चीनमा एउटा भनाई छ “जसले अरुलाई फुल दिन्छ, उसको हातमा फूलको सुगन्ध बास्ना रहिरहन्छ ।” तपाईले जति पैसा कमाउनु भएपनि अरुलाई मद्दत गर्नु भएन भने तपाईं सधैँ दुखी रहनुहुन्छ । त्यसैले सधैँ मानवताको भावना बोकेर अरुलाई मद्दत गर्नुपर्छ अनि मात्र हामी भित्रैबाट खुसी हुन्छौँ । कुनै फाइदाको बारेमा नसोची हामीले अरुलाई मद्दत गर्नुपर्छ ।

७) वर्तमान खुसी हुनुहोस्ः योगी रमण अन्त्यमा भन्नुहुन्छ । जुलियन तिमीलाई थाहा छ त्यो सुमो रेस्लर बेहोसी अवस्थाबाट उठेपछि हीराको सानो सानो टुक्राको बाटो पछ्याउँदै जान्छ । त्यो हीरा अरु केही होइन जीवनको सानो–सानो पल जसले मानिसलाई खुसी दिन्छ । त्यो पल जुन तपाईंले आफ्नो सानो–सानो बच्चासँग पार्कमा बिताउनु भएको हुन सक्छ । आफ्नो श्रीमतिसँग रमाइलो गर्दै एकदिन गुणस्तरको समय बिताउनु भएको हुन सक्छ । तपाईले जुन स्मरण÷समयलाई खुसीको साथ वर्तमानमा सम्झनुहुुन्छ त्यो जीवनको सानो क्षणले आज खुसी हुनुहोस् ।

कहिले पनि उपलब्धिका लागि खुसीलाई त्याग नगर्नुहोस् । खुसी हुन मन छ भने आजै हुनुहोस् । सानो खुसीको क्षण नै एउटा महङ्गो हीरा हो । जसलाई दुनियाँको कुनै सम्पत्तिले किन्न सकिँदैन ।

यसरी जोगीले जुलियनलाई सिभाना प्रणालीको सात प्रणालीको कुरा सिकाउनुभयो र जीवनलाई चलाउने एउटा प्रणाली सिद्धान्तको विषयमा बुझाउनुभयो । यसरी जीवनमा कसरी खुसी रहने भनेर जुलियन मेन्टलले सिके र खुसीले जीवन बिताउन थाले ।