सामुदायिक विद्यालयमा हुने पठनपाठनमा पछिल्लो समय केही सुधार आएको छ । विद्यालयको नेतृत्वले गर्ने सहजीकरण, समन्वय, योजना र प्रभावकारी कार्यान्वयनले सामुदायिक विद्यालयमा सकारात्मक परिवर्तन आएका छन् । विद्यालयको नियमित क्रियाकलाप र भइरहेका सकारात्मक अभ्यासको विषयमा रहेर हेटौँडा–१४ स्थित जनज्योति माविका सहायक प्रधानाध्यापक हरि पौडेलसँग समृद्ध समाज दैनिकका लागि सुप्रभा शर्माले गर्नुभएको कुराकानीको सम्पादित अंशः
समाजः विद्यालयको हालको शैक्षिक गतिविधि कस्तो छ, कसरी पठनपाठन हुँदैछ ?
पौडेलः हाम्रो विद्यालयमा ईसीडीदेखि कक्षा १२ सम्म सञ्चालनमा छ । अभिभावकहरुको माग र सल्लाह सुझावलाई मध्यनजर गरी विगत सात वर्षदेखि कक्षा १ बाट अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेकोमा अहिले कक्षा ८ सम्म अंग्रेजी माध्यमको कक्षा सञ्चालन भइसकेको छ । पछिलो समय विद्यालयको शैक्षिक गुणस्तर र सिकाई उपलब्धिमा तुलनात्मक रुपमा सुुधार भएको देखिन्छ ।
समाजः यो वर्ष विद्यालयले के कस्तो नयाँ शैक्षिक सुधारहरु ल्यायो ?
पौडेलः कोभिडको समयमा हाम्रो विद्यालय मात्र नरहेर देशभरका शैक्षिक उपलब्धि न्यून रह्यो । त्यस्तो अवस्थालाई विस्तारै माथि उठाउँदै पछिल्लो समयको शैक्षिक उपलब्धि भने सुधारोन्मुख रहेको छ । राष्ट्रिय मुल्यांकन पद्दतिमा आएको परिवर्तनका कारणले विद्यार्थी उत्तीर्ण प्रतिशत र शैक्षिक उपलब्धिको अङ्कमा पनि वृद्धि भएको छ । गत वर्षहरुको तुलनामा विद्यार्थीहरुमा पढ्ने रुचि भएको छ । तर शैक्षिक गुणस्तरमा भने जति हुनुपर्ने थियो त्यति चाहिँ भएको छैन ।
समाजः विद्यालयमा अहिले कति विद्यार्थी छन्, विद्यार्थीहरुले कसरी अध्ययन गरिरहेका छन् ?
पौडेलः अहिले हाम्रो विद्यालयमा ईसीडीदेखि १२ सम्ममा छ सय विद्यार्थीहरु छन् । हामीले थोरै विद्यार्थी कक्षाकोठामा राखेर गुणस्तरीय शिक्षाको अभ्यास गर्दै आएका छौं भने हामीले पछिल्लो समय प्रविधिमा जोड्दै शिक्षण क्रियाकलापलाई अगाडि लैजाँदै छौं । यो शैक्षिक क्रियाकलापमा प्रविधि अनिवार्य जस्तै भइसकेकाले छ । हामीले कक्षाकोठामा शैक्षिक सामग्री प्रोजेक्टरहरु जडानको क्रममा छौं । सामुदायिक विद्यालयको आर्थिक अभावको कारणले गर्दा अभिभावकबाट चन्दा उठाउने कुरामा कतिपय अभिभावकहरुको सहमति रहँदैन । कानुनी अप्ठ्यारा समस्याहरुबाट गुज्रिरहेका छौं । हामीले यस वर्षमा सात वटा सीसी क्यामरा जडान गरी सक्यौं । एक दुई महिना भित्रमा ५ वटा कक्षामा प्रोजेक्टर राख्यो भने प्रविधिमा पनि हाम्रो विद्यालय बढ्ने देखिन्छ । कोभिडको समयमा विद्यार्थीहरु विद्यालयसम्म आउन सक्ने अवस्था थिएन । हामीले त्यस्तो समयमा विद्यार्थीले अनलाईनबाट घरमै बसेर नतिजा (रिजल्ट) हेर्न मिल्ने प्रविधि प्रयोग गरी सकेका छौं । अहिलेसम्म भित्तामा नतिजा टाँस्ने चलन हाम्रो विद्यालयको छैन । विद्यार्थी आफैको मोबाईल फोनबाट ग्रेड सीट हेर्न मिल्ने बनाएको छ । शिक्षण क्रियाकलापलाई प्रविधि र मूल्याङ्कनबाट सिकाईका लागि विद्यालय प्रयोगमूलक छन् ।
समाजः यसरी प्रविधिलाई जोड्दै जाँदा सिकाई उपलब्धिमा धेरै सुधार हुन्छ, अहिले चाहिँ सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढेको छ ? जनज्योति माविमा अन्य विद्यालयबाट आउने विद्यार्थीमा के कस्तो छ ?
पौडेलः हामीले जबदेखि अंग्रेजी माध्यमबाट पढाउन थाल्यो । प्रवेश परीक्षा दिने कार्य सुरु गरेर ३ वर्ष जति भयो । बहिराबाट अध्ययन गर्न आउने विद्यार्थीको वास्तविक शैक्षिक गुणस्तर के छ त भनेर शैक्षिक उपलब्धिलाई हेरेर यो विद्यार्थी कति कक्षामा भर्न गर्न योग्य छ, भनेर हामीले हेछौं । हामीले अभिभावकलाई सम्पर्क गरी तपाईको बालबालिका यो कक्षामा भर्न गर्न योग्य छैन, भनेर बन्छौं । हाम्रो विद्यालयमा पछिल्लो समय बाहिरबाट आउने विद्यार्थीको संख्या बढ्दो क्रममा छ । यस वर्ष सानो कक्षाका विद्यार्थीहरुलाई रोक्नु पर्ने अवस्थामा पुग्यो । किनभने हामीसँग जनशक्ति र विद्यालयको आर्थिक स्रोत थिएन । विद्याथी आउने संख्या राम्रै छ ।
समाजः विद्यालयमा जनशक्तिको अभाव भएकोले विद्यार्थी थप्न पाएको छैन भन्नुभयो, नगरले के कुरा विद्यालयललाई थप जोड दिए जस्तो लाग्छ ?
पौडेलः सामुदायिक शिक्षामा कानुनी जटिलताहरु छन् । व्यवहारिक रुपमा सानो कक्षामा ४० जना भनिएको ठाउँमा २५ जना जति विद्यार्थीलाई राखेर मात्रै गुणस्तर शिक्षा दिन सकिन्छ । नीतिगत रुपमा सानो कक्षाका ४० जना विद्यार्थी राखेर पढाउनु भनिएको छ । हामीले चाहिँ सानो कक्षाका विद्यार्थीलाई २५ जना राखेर पढाउँदै आएका छौं । यो वर्षमा १४ नम्बर वडाबाट एउटा शिक्षक प्रदान गर्ने भनिएको छ । यस्तै व्यवस्था ल्यायो भने समस्या समाधान हुन्छ, तर दीर्घकालिन रुपमा समधान गर्नका लागि शिक्षक र विद्यार्थी बीचको अनुपातलाई परिवर्तन गर्नुपर्छ ।
समाजः तपाईले भन्नुभयो, १३ वर्ष जनज्योति माविमा राहत शिक्षकको रुपमा काम गर्नुभयो, राहत शिक्षक भनेको कस्तो खालको शिक्षक हो, भन्ने कुरालाई जोड दिनुपर्यो ?
पौडेलः राहत शिक्षक भन्ने शब्दमै प्रष्ट छ । कस्तो बेलामा राष्ट्रिय शैक्षिक अवस्थामा राहत दिनुपर्यो भने २०५२ सालदेखि १०÷१२ वर्ष जति शिक्षक सेवा आयोग बन्द भयो । म त्यस समयमा शिक्षक सेवा आयोगको परीक्षा दिन योग्य भइसकेको थिएँ । आयोगमा सहभागी हुनपायो भने कतिपय साथीहरु आयोगको परीक्षामा सामेल हुन पाउने उमेर हद कटिसकेकोले सहभागी हुन पाएनन् ।
समाजः तपाईले राहत शिक्षकको रुपमा काम गर्नुभयो, कुन कुन निकाय संस्थासँग समन्वय गरेर काम गर्नुभयो ?
पौडेलः लामो समयसम्म जिल्ला अध्यक्षको रुपमा काम गरेँ । हामीले धेरै चोटि आन्दोलन पनि गर्यौ । आन्दोलन बिना नेपालमा केही समाधान हुँदैन । शिक्षासम्बधी ऐनहरु आउन लागेपछि हामी आन्दोलनलाई रोकेका छौं ।