हेटौंडाः छिमेकी भारतले नेपालको भूमि मिचिएको विषय अहिले नेपाल र भारतका सचेत समूहका लागि चासो र चर्चाको विषय बनेको छ । भारतको हस्तक्षेप भन्दा पनि भारतीय हस्तक्षेपविरद्ध नेपालले गरिरहेको प्रतिकार र थप क्रियाशीलता अझ बढी चर्चाको विषय बनेको छ । दक्षिण एसियामै भारतको हस्तक्षेपकारी भूमिकालाई लिएर चौतर्फी आलोचना भइरहेका बेला हेटौंडा–५ स्थित जीएस निकेतन माविमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी समर्पण न्यौपानेले भारतीय हस्तक्षेपविरुद्ध लेख्नु भएको कविता, ‘सिमानामा पेलाई’ ।
सिमानामा पेलाई
सीमा मिच्ने छिमेकी हेर कस्तो लोभी त्यो
नेपालको सिमाना हेर त्यसले मिचेको ।
विरोध भो उत्पात नेपाल यो देशमा
गम्भीर नि ओली बा भए यो केसमा ।
भारतीय भूमिमा विरोध भो यसको
बसे पनि उता नै माया रैछ देशको ।
समर्थन नेपाली पहलको गरिन् नि
जति तैँले हेप्दा नि माग्दैनौं नि पर है ।
हाम्रो शान, हाम्रो हिमाल माग्ने चीन अर्को छ
बकबक् सुन्न यी कानलाई झर्को छ ।
भूमि हाम्रो कदापी तिमीलाई दिँदैनौं
लड्न हामी काफी छौं तिम्रो साथ लिँदैनौं ।
घरी घरी हेप्दा त मन हाम्रो जल्छ नि
आँशुले यो जहिले स्वप्नलाई धुन्छ नि ।
भारतको हेपाई अब कति सहने
चुप लागी अब चैं कैलेसम्म रहने ।
हेपाहाको मुखमा साथी ताला लगाऔं
भूमि फिर्ता ल्याउन देशलाई सघाऔं ।
जननीको आँशु भो अब हेरी नरहौं
ज्यादती यो कदापी मित्र अब नसहौं ।