हेटौंडाः मकवानपुर जिल्लाको थाहा नगरपालिकास्थित नेपाल फलफूल तथा तरकारी व्यवसायी संघमार्फत् मानवसेवा आश्रमलाई आलु सहयोग गरिएको छ । मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडामा आश्रितहरुका लागि विभिन्न व्यक्तिबाट सहयोग प्राप्त १३ बोरा आलु संघले प्रदान गरेको हो ।
संघका कोषाध्यक्ष राजु कार्की, सुरेन्द्रमान प्रधान, केदार कार्की, केदार प्रधान, नवराज बिष्ट, सुकदेव रायमाझी, सहदेव लामा, हर्क तामाङ, विक्रम बिष्ट, रमेश लामिछाने र ज्ञानेन्द्र अधिकारीले आलु सहयोग गर्नुभएको हो । मानवीय सेवाको कार्यमा सहयोग गरेकोमा आश्रमले धन्यवाद दिएको छ ।