उद्घाटन गर्दाको सामुहिक तस्वीर ।

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–४, चिउरी बगैंचामा दूध संकलन तथा वितरण केन्द्रको उद्घाटन भएको छ । बुधबार स्थानीय केशव घिमिरेले आफ्नै लगानीमा वितरण केन्द्रको सुरुवात गर्नुभएको वडा अध्यक्ष सागर पाण्डेले जानकारी दिनुभयो ।

दैनिक एक सय लिटर दुध संकलन गर्ने र बजारीकरण गर्ने उद्देश्य वितरण केन्द्रको स्थापना गरेको उहाँले जानकारी दिनुभयो । केन्द्रको उद्घाटन भीमफेदी गाउँपालिका–४ का वडा अध्यक्ष पाण्डेले गर्नुभएको थियो । दूध संकलन तथा वितरण केन्द्रको स्थापनामा पालिका र वडाको कुनै पनि सहयोग नभएको पनि अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।