हेटौँडाः लागुऔषध गाँजासहित मकवानपुर प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

सोमबार साँझ ५ बजेको समयमा मकवानपुरगढी गाउँपालिका–२, ठूलोदमारबाट लागुऔषध गाँजा ९२० ग्रामसहित हेटौँडा–१७, राजदेवीका ४९ वर्षीय बद्री खड्का र हेटौँडा–१८, भोर्लेका २३ वर्षीय सन्देश भुजेललाई प्रहरीले पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । सूचनाको आधारमा ना ६३ प ६५८७ नम्बरको मोटरसाइकलको सुरक्षाजाँच गर्दा मोटरसाइकल चालक बद्री र मोटरसाइकलमा सवार सन्देशलाई प्रहरीले पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।