किशोर खत्री ।

हेटौँडाः हेटौँडा–८ कमानेमा कमाने क्रिकेट क्लब गठन गरिएको छ । मंगलबार एक भेलाले किशोर खत्रीको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको छ ।

वडा अध्यक्ष रामकृष्ण थापाको उपस्थितिमा भएको युवाको भेलाले उपाध्यक्षमा विवेक कार्की, सचिवमा प्रशान्त राज गिरी, सह–सचिवमा सुजन चौलागाई र कोषाध्यक्षमा रमेश लुईटेल चयन हुनुभएको छ । यस्तै सदस्यमा अरुण दहाल र सागर मगर चयन हुनुभएको छ । क्लबको सल्लाहकारमा नेपाल क्रिकेट संघ बागमती प्रदेश समितिका उपाध्यक्ष प्रेम क्षेत्री र स्थानीय बिनोद रायलाई चयन गरेको छ ।