Home मुख्य समाचार बाबुको स्मृतिमा विद्यालयमा अक्षयकोष

बाबुको स्मृतिमा विद्यालयमा अक्षयकोष

अक्षयकोष स्थापनासम्बन्धी सम्झौतापत्र हस्तान्तरण गरिँदै ।

हेटौँडाः मकवानपुरको थाहा नगरपालिकामा रहेको बज्रबाराही माध्यमिक विद्यालयमा शुक्रबार अक्षयकोष निर्माण गरिएको छ । छोराहरु रामकृष्ण, राधाकृष्ण, हरिकृष्ण र राजाराम लामिछानेले स्वर्गीय बाबु विश्वनाथ लामिछानेको स्मृतिमा अक्षयकोष निर्माण गरेका छन् ।

५ लाख रुपैयाँको अक्षयकोष निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक रमेशमान डंगोलले जानकारी दिनुभयो । अक्षयकोषबाट प्राप्त ब्याजबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । आवश्यकताअनुसार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उहाँले बताउनुभयो । विद्यालयमा ४ सय ३७ जना विद्यार्थी अध्ययनरत् छन् ।

Exit mobile version