हेटौँडाः साहसिक मोटरबाइक राइडरका लागि आयोजना गरिएको प्रतियोगिता हिमालयन रोडिज सिजन ५ को प्रिअडिसनका लागि आज आइतबार हेटौँडामा प्रि अडिसन हुँदैछ । हेटौँडा–४, मेनरोडस्थित यामाहा कम्पनिको मोटरसाइकलको आधिकारिक विक्रेता राज मोटर्समा अडिसन हुनेछ ।
यसपटक रोडिजका निर्णायकको टिम नै हेटौँडा आइपुग्ने राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले जानकारी दिनुभएको छ । रोडिजका निर्णायक सुरजसिंह ठकुरी, लाहुरे, अनुप बिक्रम शाही, प्रियंका कार्की र दीया मास्के हेटौँडामा आउनुहुनेछ । रोडिजमा सहभागी हुन अनलाइनमार्फत फारम भर्ने व्यवस्था मिलाइएको छ ।
