हेटौंडाः दोस्रो बागमती प्रदेश खेलकुदमा बिहीबार भलिबल प्रतियोगितामा काठमाडौं र चितवनले स्वर्ण हात पारेका छन् । हेटौंडा–४, स्थित हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगितामा काठमाडौंले महिलामा र चितवनले पुरुषमा स्वर्ण पदक जितेको हो ।
काठमाडौंले फाइनलमा दोलखालाई २५–५, २५–६ र २५–१२ सेटले हराएको हो । दोलखाले रजत प्राप्त गरेको छ । पुरुष तर्फ चितवनले धादिङमाथि २५–१७, २२–२५, २८–२६ र २५–१८ को सेटले जित निकाल्दै स्वर्ण जितेको हो । धादिङले रजत प्राप्त गरेको छ । पुरुषमा काठमाडौंले सिन्धुलीलाई २–१ ले र महिलामा चितवनले धादिङलाई २–० ले हराउँदै कांस्य पदक प्राप्त गरेको छ ।











