वंशगोपाल माध्यमिक विद्यालय व्यवस्थापन समितिको नववनर्वाचित अध्यक्ष जीतबहादुर लो ।

हेटौंडाः मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ कुर्लेमा रहेको वंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) व्यवस्थापन समितिको अध्यक्षमा जीतबहादुर लो (लामा) चयन हुनु भएको छ । बिहीबार बसेको व्यवस्थापन समितिको बैठकले लामालाई अध्यक्षमा चयन गरेको विद्यालयका प्रधानाध्यापक सन्देश तुम्सिङ मगरले जानकारी दिनुभयो ।

बैशाख २५ गते भएको ३८ औं वार्षिक अभिभावक भेलाले लामासहित ३ जनालाई सदस्यहरु सर्बसम्मत चयन गरेको थियोे । सदस्यहरु अनिष घर्तिमगर, सञ्जीता घलान र रचना दर्लामी मगर रहनु भएको छ ।

बैठकले सहसचिवमा सन्देश तुम्सिङ मगरलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा चन्द्रबहादुर बल र शान्ति घलानलाई मनोनित गरिएको छ भने शिक्षक प्रतिनिधिमा इन्दिरा अधिकारी सुवेदी चयन गरिएको उहाँले बताउनु भयो । अध्यक्ष चयनसागै विद्यालयको व्यवस्थापन समितिले पूर्णता पाएको उहाँले जानकारी दिनुभएको छ ।