हेटौंडाः नेपाल भाषा खलः मकवानपुरले पूर्वअध्यक्षहरु र पदाधिकारीलाई सम्मानित गरेको छ । शुक्रबार हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै भवन पुननिर्माण हुनुअघि पूर्व अध्यक्षहरु र विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै पदाधिकारीलाई सम्मानित गरिएको हो ।
संस्थापक अध्यक्ष स्वर्गीय बुद्धिलाल राजथलाका छोरा डीके राजथाला, पूर्वअध्यक्षहरु नारायणप्रसाद प्रधान, अंगदप्रसाद श्रेष्ठ, रुद्रहरि जोशी, महारत्न ब्रजाचार्य, स्वर्गीय मंगलकृष्ण मानन्धरका धर्मपत्नी कमला मानन्धर, स्वर्गीय नारायणबहादुर श्रेष्ठका छोरा सुधिर श्रेष्ठलाई सम्मान गरिएको हो । यस्तै विभिन्न क्षेत्रबाट योगदान पुर्याएको भन्दै मुकुन्दकृष्ण अमात्य, अशोकराज शाक्य र गणेशकुमार श्रेष्ठलाई सम्मानित गरिएको छ ।
खलःका अध्यक्ष महेश्वर श्रेष्ठको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । उपमेयर बानियााले तत्काल भूकम्पले जिर्ण बनेको नेपाल भाषा खलःको भवन पुननिर्माणका लागि ५ लाख रुपैयाा उपलब्ध गराइएको जानकारी दिनुभयो ।
केहि दिनमै पुननिर्माण सुरु हुने भवनका लागि दोस्रोपटक करिब २० लाख रुपैया बजेट सहयोग गरिने प्रतिबद्दता जनाउनुभयो । कार्यक्रममा खलःमा आबद्ध र वडाका जनप्रतिनिधिहरुको उपस्थिति थियो ।