Home मुख्य समाचार युवा संघको स्थापना दिवसमा रक्तदान

युवा संघको स्थापना दिवसमा रक्तदान

रक्तदान गर्दै रक्तदाता ।

हेटौंडाः राष्ट्रिय युवा संघ नेपालको ३४औँ स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल मकवानपुर जिल्ला कमिटीको आयोजनामा आइतबार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।

युवा संघ मकवानपुरका अध्यक्ष लक्ष्मण उप्रेतीको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाले प्राविधिक सहयोग गरेको थियो । रगतको मागअनुसार वितरणका लागि रगतको मौज्दात रहेको रक्तसञ्चार केन्द्र हेटौंडाले जानकारी दिएको छ ।

Exit mobile version