Home मुख्य समाचार चौकीटोल ग्रीडमा समस्या, हेटौँडा र आसपासमा विद्युत कटौती

चौकीटोल ग्रीडमा समस्या, हेटौँडा र आसपासमा विद्युत कटौती

हेटौँडाः हेटौँडाको चौकीटोलस्थित नेपाल विद्युत प्राधिकरणको ग्रीडस्थित ३० एमभीएको ट्रान्सफर्मरमा समस्या उत्पन्न भएको छ । आइतबार साँझ पनि समस्या देखिएको ट्रान्सफर्मर मर्मत गरेर सुचारु गरिएको थियो ।

नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख नरेन्द्र श्रेष्ठकाअनुसार मर्मत कार्य जारी रहेको र सोमबार दिनको १२ बजेभन्दा अगाडि नै समस्या समाधान हुने अपेक्षा गरिएको जानकारी दिनुभयो । ३० एमभीएको ट्रान्सफर्मरमा समस्या उत्पन्न भएपछि हेटौँडा बजार, हेटौँडादेखि पश्चिम मनहरीसम्म, पूर्वतर्फ मकवानपुरगढीसम्म विद्युत कटौती भएको छ ।

Exit mobile version