Home मुख्य समाचार सहकारीमा चोरी गरेको अभियोगमा अशोक र अकबर पक्राउ

सहकारीमा चोरी गरेको अभियोगमा अशोक र अकबर पक्राउ

सांकेतिक तस्विर ।

हेटौँडाः सहकारी संस्थामा चोरी गरेको अभियोगमा मकवानपुरको ईन्द्रसरोवार गाउँपालिकाका अशोक रुम्बार अकबर लामालाई प्रहरीले पक्राउ गरेको छ । गत बैशाख १७ गते काभ्रे जिल्लाको पनौती नगरपालिकापा–७ मा रहेको पनौती सामुदायिक सहकारी संस्थाबाट ३३ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

सहकारीमा चोरी गरेर मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा प्रहरीले सोमबार खोजतलास गर्ने क्रममा अशोक र अकबर प्रहरी चौकी फाखेलबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । अशोक र अकबर ईन्द्रसरोवर गाउँपालिका–५ का स्थायीबासी भएको प्रहरीले जनाएको छ । प्रहरीले अकबर लामाको साथमा नगद पाँच लाख पैँतालिस हजार रुपैयाँसहित एक नाले भरुवा बन्दुक र एक थान रड भेटिएको जनाएको छ ।

Exit mobile version