Home मुख्य समाचार हेटौँडा–१२ र १३ मा शैक्षिक गुणस्तर सुधारका लागि साझा समिति गठन

हेटौँडा–१२ र १३ मा शैक्षिक गुणस्तर सुधारका लागि साझा समिति गठन

हेटौँडा : हेटौँडा १२ र १३ नम्बर वडाका विद्यालयहरुले शैक्षिक गुणस्तर सुधारका निम्ति समिति गठन गरिएको छ । मंगलबार हेटौँडा–१३ स्थित महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक बिष्णु श्रेष्ठको संयोजकत्वमा साविकको पदमपोखरी गाविस अन्तर्गत पर्ने हालको हेटौँडा वडा नम्बर १२ र १३ भित्र रहेका ८ वटा विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार समिति गठन गरिएको हो ।

समितिमा वडा नम्बर १२ भित्रका बुद्ध माध्यमिक विद्यालय, प्रतिभा आधारभूत विद्यालय, विष्णुज्योति आधारभूत विद्यालय र ब्रह्मदेवी आधारभूत विद्यालय र वडा नम्बर १३ का महेन्द्र माध्यमिक विद्यालय, युगचेतना माध्यमिक विद्यालय, कालिका आधारभूत विद्यालय र चन्द्रोदय आधारभूत विद्यालय आबद्ध भएका छन् । समितिले शैक्षिक गुणस्तर सुधारका साथै २०८३ को शैक्षिक योजना निर्माण, अन्तर–विद्यालय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न गर्ने तथा दुवै वडाका शिक्षा समितिलाई ध्यानाकर्षण पत्र बुझाउने संयोजक बिष्णु श्रेष्ठले बताउनुभएको छ ।

समितिले वार्षिक शैक्षिक योजना निर्माण गर्दै परीक्षा प्रणाली, विषयगत समिति गठन, अतिरिक्त क्रियाकलाप सञ्चालन, दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम, अभिभावक शिक्षा कार्यक्रम र शैक्षिक सामग्री निर्माण तथा तालिमका कार्यक्रमहरु तय गरिएको छ । समितिले वडा नम्बर १२ को वडा शिक्षा समितिसँग ध्यानाकर्षण गर्दै अन्तरक्रिया गरिसकेको र बिहिबार वडा नम्बर १३ को वडा शिक्षा समितिमा पनि अन्तरक्रिया गरिएको श्रेष्ठले बताउनुभयो । उहाँले कुनै पनि कार्यक्रम सञ्चालन गर्दा यि विद्यालयहरुले समन्वय गरेर मात्र काम गर्ने, यि विद्यालयहरुबीच प्रतिस्पर्धात्मक तवरले कार्यक्रम गरि आवश्यकता अनुसार प्रतिस्पर्धा र समन्वय दुवै गरिने समेत समितिले निर्णय गरेको छ । यस वर्ष परीक्षणको रुपमा समिति मार्फत कार्यक्रम गर्न लागिएकोे पनि श्रेष्ठले स्पष्ट पार्नुभएको छ ।

Exit mobile version