हेटौंडाः दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि मकवानपुरले महिला र पुरुष भलिबल टिमको प्रारम्भिक छनौट गरेको छ । पुरुषतर्फ १९ जना र महिलातर्फ १४ जना खेलाडी छनौट गरिएको जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख माधव कोइरालाले जानकारी दिनुभयो ।
पुरुषतर्फका प्रारम्भिक छनौटमा पर्नेमा निश्चल राना, पुजन गुरुङ, आशिष घलान, मनिष तामाङ, अभिनन्दन चौधरी, सविन तामाङ, उपास विष्ट, रसिम भुजेल, राम कार्की, सुरेन्द्र गोले, ओकेश बलामी, विशाल मोक्तान, रोशन गोपाली, बुद्धि कृष्ण दंगाल, सागर लामा, अजय माझी, राजकुमार कर्माचार्य, राजेश घिमिरे र निश्चल काउचा रहेका छन् ।
महिलातर्फ जिया स्याङ्तान, सुजिता थापा, सुस्मिता योञ्जन, निरुता सिंह, संचमाया थिङ, सलिना नगरकोटी, आयुषा सिंह, बुद्धिलक्ष्मी लामिछाने, चमेली लामा, विज्ञता क्षेत्री, सुनिता वाईबा शिशस माझी, कुमुम माझी र बिस्मिता पुडासैनी रहेका छन् । प्रारम्भिक छनौटमा परेका खेलाडीलाई प्रशिक्षणमा सहभागी गराएर उत्कृष्ट प्रदर्शन गरिने जनाएको छ ।