हेटौंडाः सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–३, ओख्लेमा चट्याङ लागेर ३ जना घाईते भएका छन् । घाईते हुनेमा सोही ठाउँ बस्ने ५८ वर्षीया दुर्गा कुमारी भुजेल, २८ वर्षीया हिरा कुमारी भुजेल र ८ वर्षीय निकेश भुजेल घाईते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
आइतबार पानी परिरहेको बेलामा अचानक विजुलीको मिटरबक्समा चट्याङ लाग्दा घरमा बसिरहेका उनीहरु घाईते भएको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि खुर्कोट शुभ जीवन अस्पताल लगिएकोमा दुर्गा कुमारीको अवस्था मध्यम रहेकाले सामान्य उपचार पश्चात थप उपचारका लागि धुलिखेल लगिएको र हिरा कुमारी र निकेशको अवस्था सामान्य रहेकोले सामान्य उपचार पश्चात घर पठाइएको प्रहरीले जनाएको छ ।