नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यार्थी पहिलोदिन विद्यालय जान तयारी ।

हेटौंडाः शैक्षिक सत्र २०८० को पठनपाठन सुरु भएको छ । हेटौंडा नगर क्षेत्रका अधिकांश विद्यालयमा आइतबारबाट सुचारु भएका छन् । आइतबारबाट विद्यालय सुचारु भए पनि विद्यार्थीको उपस्थिति भने न्यून रहेको छ । हेटौंडा–४ स्थित भुटनदेवी माविमा न्यून संख्यामा विद्यार्थी उपस्थित भएका कारण पठनपाठन हुन सकेन ।

यता हेटौंडा–२ स्थित सिद्धार्थ माविमा पहिलो दिन ३ सय २१ जना विद्यार्थी उपस्थित भएका छन् । विद्यालयले पठनपाठन सुरुवात गरेको पहिलो दिन ३ सय २१ जना विद्यार्थी उपस्थित भएको विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद शर्माले जानकारी दिनुभयो । विद्यालय खुलेको पहिलो दिन भएकोले विद्यार्थीहरुको संख्यामा केही कमि भएको प्रधानाध्यापक शर्माले बताउनुभयो । विद्यालयमा नेपाली माध्यममा १ सय ४३ जना र अँग्रेजी माध्यममा १ सय ७८ जना विद्यार्थीको उपस्थिति रहेको प्रधानाध्यापक शर्माले बताउनुभयो ।