हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडास्थित थोक तरकारी बजारमा गोलभेँडा, घिरौँला, रायोको साग सस्तो भएको छ । गोलभेँडा हिजो शुक्रबार भन्दा प्रतिकेजी १० रुपैयाँ सस्तो भएर आज प्रतिकेजी २५ रुपैयाँमा कारोबार भएको छ । यस्तै घिरौंला हिजोभन्दा प्रतिकेजी २० रुपैयाँ सस्तो भएर प्रतिकेजी ४० रुपैयाँमा कारोबार भएको छ ।

घिउ सिमी प्रतिकेजी १० रुपैयाँ सस्तो भएर प्रतिकेजी ४० रुपैयाँमा कारोबार भएको छ । भेँडे खुर्सानी पनि प्रतिकेजी १० रुपैयाँ सस्तो भएर प्रतिकेजी ४० रुपैयाँमा कारोबार भएको छ । प्रतिकेजी काउली १५ रुपैयाँ, बन्दा १० रुपैयाँ, तन्नेबोडी ४० रुपैयाँ, मकैबोडी ५० रुपैयाँ, च्याउ १०० रुपैयाँ, करेला ५० रुपैयाँ, मुला १० रुपैयाँ, गाजर २५ रुपैयाँ, काँक्रो १२ रुपैयाँमा कारोबार भएको छ ।

अहिले नयाँ तरकारीको रुपमा परवल आएको छ । परवल प्रतिकेजी ७० रुपैयाँमा विक्री भएको थोक बजारका व्यवसायी बद्रि घिमिरेले जानकारी दिनुभयो । आज थोकबजारमा पर्याप्त तरकारी आएको र सोहीअनुसार विक्री पनि भएको व्यवसायीको भनाइ छ ।