Home अर्थ/व्यापार थोक तरकारी बजारमा आजको तरकारीको मूल्य, गोलभेँडा, घिरौँला, रायोको साग सस्तियो

थोक तरकारी बजारमा आजको तरकारीको मूल्य, गोलभेँडा, घिरौँला, रायोको साग सस्तियो

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडास्थित थोक तरकारी बजारमा गोलभेँडा, घिरौँला, रायोको साग सस्तो भएको छ । गोलभेँडा हिजो शुक्रबार भन्दा प्रतिकेजी १० रुपैयाँ सस्तो भएर आज प्रतिकेजी २५ रुपैयाँमा कारोबार भएको छ । यस्तै घिरौंला हिजोभन्दा प्रतिकेजी २० रुपैयाँ सस्तो भएर प्रतिकेजी ४० रुपैयाँमा कारोबार भएको छ ।

घिउ सिमी प्रतिकेजी १० रुपैयाँ सस्तो भएर प्रतिकेजी ४० रुपैयाँमा कारोबार भएको छ । भेँडे खुर्सानी पनि प्रतिकेजी १० रुपैयाँ सस्तो भएर प्रतिकेजी ४० रुपैयाँमा कारोबार भएको छ । प्रतिकेजी काउली १५ रुपैयाँ, बन्दा १० रुपैयाँ, तन्नेबोडी ४० रुपैयाँ, मकैबोडी ५० रुपैयाँ, च्याउ १०० रुपैयाँ, करेला ५० रुपैयाँ, मुला १० रुपैयाँ, गाजर २५ रुपैयाँ, काँक्रो १२ रुपैयाँमा कारोबार भएको छ ।

अहिले नयाँ तरकारीको रुपमा परवल आएको छ । परवल प्रतिकेजी ७० रुपैयाँमा विक्री भएको थोक बजारका व्यवसायी बद्रि घिमिरेले जानकारी दिनुभयो । आज थोकबजारमा पर्याप्त तरकारी आएको र सोहीअनुसार विक्री पनि भएको व्यवसायीको भनाइ छ ।

Exit mobile version